पोखरा । गण्डकी प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनीहरुको नियुक्तिसँगै ७ सदस्यीय गण्डकी सरकारले पूर्णता पाएको छ । यसअघि नै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्री नियुक्त भइसकेका थिए ।
मन्त्रीहरुको जिम्मेवारी पनि मंगलबार नै तोकिएको छ । एमालेका रोशन गाहाले आन्तरिक मामिला , सीता सुन्दासले आर्थिक मामिला र वेदबहादुर गुरुङले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादी केन्द्रका हरिबहादुर चुमानलले भौतिक पूर्वाधार तथा यातायात, रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण र राप्रपाका पञ्चराम गुरुङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० माघ २०७९, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ
अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
गण्डकी प्रदेश सभा बैठक बस्दै
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स