रेडक्रसले समाजमा रगतको अभाव हुन बाट जोगाएको छ : उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

मंगलबार, १० माघ २०७९, १६ : २६
रेडक्रसले समाजमा रगतको अभाव हुन बाट जोगाएको छ : उप प्रमुख अधिकारी

चितवन । नेपाल रेडक्रस सोसाइटी गितानगर उप शाखाको ३२ औ बार्षिकोत्सब तथा २३ औ साधारणसभा एवं ७ औ अधिबेशन मगलबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले उक्त कार्यक्रमको समुद्वघाटन गरेका हुन । साथै उप शाखा हाता भित्र निर्माण गरिएको हेनरी ड्युनाको अर्ध शालिकको पनि एक भब्य कार्यक्रमका बिच उप प्रमुख अधिकारीले अनावरण गरेका छन । 

कार्यक्रमको उद्वघाटन तथा अर्ध शालिकको अनावरण गर्दै उप प्रमुख अधिकारीले हेनरी ड्युनाको त्याग कै कारण आज रेडक्रस जस्तो पबित्र संस्थाले समाजमा रगतको अभाव हुन बाट जोगाएको बताए। समाजमा दिन प्रती दिन रगतको माग  बढ्दै गएको अवस्थामा रेडक्रसले केही हद सम्म भए पनि आमनागरिकलाई अकाल मृत्यु हुन बाट बचाएको समेत प्रष्ट पारे । 

मेडिकल हबको रुपमा बिकास हुँदै गएको चितवनमा रगतको अभाव हुन नदिनको लागि रेडक्रसले पुलको काम गरिरहेकोमा खुशी प्रकट गरे । बिश्वमा रेडक्रसको स्थापना भए देखि लाखौं मानिसहरु मृत्युको मुखबाट फिर्ता आएको स्मरण गर्दै उप प्रमुख अधिकारीले रेडक्रसका सात आधारभुत सिद्धान्तहरुलाई हामीले कहिल्यै पनि भुल्न नहुने तर्क राखे। 

रेडक्रस सबैको साझा थलो हो उप प्रमुखले भन्नू भयो,मानबले मानबको लागि मानवीय व्यबहार गर्न सबैमा प्रेरणा मिलोस भन्ने पनि कामना गरे ।  कार्यक्रममा वडा न ६ का अध्यक्ष कृष्णलाल श्रेष्ठ, कार्यपालिका सदस्य शारदा पोख्रेल लगाएतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस