सङ्गठनका नेताहरू जनताको दुःख सुखको साथी बन्नुपर्छ : अध्यक्ष नेपाल

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, २० : १९
सङ्गठनका नेताहरू जनताको दुःख सुखको साथी बन्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सङ्गठनका नेताहरू जनताको दुःख सुखको साथी बन्नुपर्ने बताएका छन्।पार्टीनिकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालको पदाधिकारीको बैठकमा उनले वर्तमान सन्दर्भमा समाजवादको विचारसहित जनताका पिरमर्का तथा समस्या बुझेर समाधानका लागि सम्बन्धित पक्षलाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिए।

उनले नेपालमा रहेका मुस्लिम समुदायका बस्तीबस्तीमा पुगेर समुदायका आवश्यकता पहिचान गरी समाधानका लागि पार्टीमा सुझाव पेस गर्नसमेत सुझाव दिए। अध्यक्ष नेपालले सङ्गठनले नेपालमा रहेका मुस्लिम समुदायका अवस्था तथा उनीहरूका समस्या समाधान गर्न सहयोग गर्नुपर्ने बताए।

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा मोर्चा फाँट प्रमुख विजय पौडेलले उक्त समुदायमा हुने गरेका अन्याय, अत्याचारका विरुद्ध सङ्गठनले देशभर अभियान सञ्चालनमा सक्रियता देखाउनुपर्ने बताए। पार्टीका अर्का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठनले पार्टी केन्द्रीय कार्यालयमा आफ्नो सुझाव पेस गर्दा प्रचार विभागलाई समेत जानकारी गराउँदा त्यसको प्रचारप्रसारमा सहयोग पुग्ने विचार व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस