न्यायको अनुभुती सबै नागरिकले पाउने गरि महानगरले काम गरिरहेको छ : उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, १२ : ४५
न्यायको अनुभुती सबै नागरिकले पाउने गरि महानगरले काम गरिरहेको छ :  उप प्रमुख अधिकारी

भरतपुर । भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारीले अन्यायमा परेका सबै नागरिकले अब न्याय पाउने बताएका छन । अब  न्याय नपाएर अब कोहि पनि अन्यायमा पर्ने छैन अधिकारीले भने, न्यायको अनुभुती सबै नागरिकले पाउने गरि महानगरले काम गरिरहेको छ । 

न्याय सम्पादनमा एकरुपता ल्याउने उद्देश्यले भरतपुर महानगरपालिकाले सोमबारबाट आयोजना गरेको मेलमिलाप सम्बन्धि आठ दिवसीय  (४८ घण्टे) आधारभूत तालिमलाइ नारायणगढमा समुद्वघाटन गर्दै न्यायिक समितिका सयोजक समेत रहेका उप प्रमुख अधिकारीले महानगरको न्यायलाई सबैको पहुँचमा पुर्‍याउने बिश्वास समेत दिलाए । 

उनले देशका ७ सय ५३ स्थानीय तह मध्येमा भरतपुर महानगरपालिकालाई उत्कृष्ट बनाउने गरि तालिमको आयोजना गरिएको पनि उल्लेख गरे। यो तालिम पश्चात् मेलमिलाप कर्ताहरुको माध्यामबाट अब भरतपुर महानगरवासी आम नागरिकहरुले न्याय पाउनु हुने छ भन्नेमा म पुर्ण बिश्वस्त समेत रहेको छु उप प्रमुखले भने। बिबाद रहित समाजको निर्माण गर्न यो तालीम कोशे ढुंगा सावित हुने पनि अधिकारीको टिप्पणी रहेको छ । 

भरतपुर महानगरपालिकाले सुशासन तथा बिकास प्रतिस्ठान काठमाडौको प्राबिधिक सहयोगमा माघ ९ गते देखि १६ गते सम्म आठ दिवसीय  (४८ घण्टे) आधारभूत तालिमको आयोजना गरेको हो । तालिममा भरतपुर महानगरपालिकाको वडा १ नम्बर देखि १६ नम्बर सम्मका नयाँ मेलमिलाप कर्ताहरु सहभागी भएका छन । 

२४ वटा वडा कार्यलयहरुबाट सिफारिस भइ आएका मेलमिलापकर्ताहरुलाइ दुई  चरणमा बिभाजन गरि तालिम प्रदान गरिएको कानुनी मामिला शाखाका कृष्ण प्रसाद सापकोटाले जानकारी दिए । समाजमा हुने गरेका हरेक घटनाहरुलाइ मेलमिलाप पद्धतिबाट न्यायीक निरोपण गर्नु पर्ने भएकोले यो तालिम आयोजना गरिएको भरतपुर महानगरपालिकाले जनाएको छ ।

सुशासन तथा बिकास प्रतिस्ठान काठमाडौका प्रमुख महेन्द्र लम्सालले मेलमिलापको माध्यामबाट स्थानीय स्तरमा हुने गरेका बिबादहरुलाइ न्यायीक निरोपण गर्न यसले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको बताए । 

यस्तै भरतपुर महानगरका कानुनी सल्लाहकार गोपिलाल देबकोटाले स साना मुद्दाहरुलाई तल्लो तहबाटै समाधान गर्ने काम मेलमिलाप समिति मार्फत हुँने हुँदा यस्तो खालको तालिम आयोजना गरिएको प्रष्ट पारे। साथै उनले मधस्तकर्ताको रुपमा मेलमिलाप समितिले काम गर्ने तथा न्याय सम्पादन गर्ने सवालमा मेलमिलाप कर्ताहरुको महत्त्वपूर्ण भुमिका रहने पनि बताए । यस अघि महानगरले २९ वटै वडामा स्थलगत अनुगमन तथा मेलमिलाप कर्ताहरुलाइ निर्देशन एव मेलमिलापकर्ताहरुको विवरण अध्याबधिक गरेको थियोे ।

 

प्रतिक्रिया दिनुहोस