बुटवल । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो ।
सब सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए ।
घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए ।बसका चालकसमेत घाइते भई उपचाररत रहेका र घटनाको अनुसन्धान सुरु भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो