काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरीबीको दर घटाउँने बताएका छन ।शनिबार काठमाडौंमा राइट टु प्रोटेन रन हाफ म्याराथुन पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । प्रोटिन लगायत पोषणका स्रोतहरुमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिवद्ध रहेको समेत उनले बताए। प्रधानमन्त्री दाहालले सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै पनि आम समुदायमा प्रोटिनको उपलब्धता सोचेजति पुग्न नसकेको बताए ।
उनले प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुगिरहेको अवस्था रहेको उल्लेख गरे। पहिलो १ सय दिनमा बालबालिकाहरुलाई उपलब्ध हने पोषणले उनीहरुको समग्र स्वास्थ्यमा नै असर पार्ने तथ्यको बारेमा सरकार जानकार रहेको उनले बताए।
प्रधानमन्त्री दाहाले गर्भवती महिला र नवजात शिशुहरुलाई लक्षित गरेर सरकारले स्वास्थ्य प्रवर्द्धनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए। पोल्ट्रि उद्योगले अण्डा र ब्रोइलरको मासुमार्फत प्रोटिनको सस्तो आपूर्तिमा योगदान पुर्याएकोमा र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेकोमा पोल्ट्री उद्योगका उद्यमी र कृषकहरुलाई प्रधानमन्त्री दाहाले धन्यवाद समेत दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, १३ : १७
लेखकबाट थप