काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शनिबार हुँदैछ।आज दिउँसो १ बजे हुने उपसभामुखको निर्वाचनका लागि दुई जनाकाे उम्मेदवारी परेकाे छ।
संसद् सचिवालयका अनुसार शुक्रबार दिउँसो चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको हाे। संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको उम्मेदवारी परेको छ।
रानाको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम छन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन समर्थक छन्।
यस्तै, यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।
यसअघि, प्रतिनिधिसभाकाे सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निमन्त्रणा कार्डमा दाइजोमुक्त विवाहको सन्देश समावेश गर्न उपसभामुख ठाकुरको आग्रह
उपसभामुखमा रुबीकुमारी निर्वाचित
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय
उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाको समर्थन गर्ने निर्णय सर्वसम्मत पारित
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
उपसभामुख उम्मेदवार रुबीकुमारी ठाकुरको प्रतिक्रिया : “देशलाई सधैँ साथ दिन्छु”