काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शनिबार हुँदैछ।आज दिउँसो १ बजे हुने उपसभामुखको निर्वाचनका लागि दुई जनाकाे उम्मेदवारी परेकाे छ।
संसद् सचिवालयका अनुसार शुक्रबार दिउँसो चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको हाे। संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको उम्मेदवारी परेको छ।
रानाको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम छन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन समर्थक छन्।
यस्तै, यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।
यसअघि, प्रतिनिधिसभाकाे सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चको परमादेश पत्र सोमबार राति नै प्रदेशसभा सचिवालयमा आइसकेको छ : उपसभामुख राउत
उपसभामुखले प्रदेश सभाको बैठक बोलाएपछि सुरक्षा व्यवस्थामा कडाइ
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
उपसभामुख हटाउने प्रस्तावबाट किन पछि हट्यो कांग्रेस ?
उपसभामुखलाई हटाउने प्रयासमा शेखर पक्षले जनायो असन्तुष्टि
उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं: एकीकृत समाजवादी