काठमाडौँ । उपसभामुखको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा विहान साढे १० बजेबाट बैठक चलिरहेको छ ।
कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट उपसभामुख उम्मेदवार उठाउने तयारी छ । उपसभामुखमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी खडा गर्न खोजेको छ । कांग्रेसबाट ईश्वरी न्यौपानले सभामुखमा उम्मेदवारी दिएकी छन् ।
उनी एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन् । सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा उम्मेदवारी दिँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ माघ २०७९, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निमन्त्रणा कार्डमा दाइजोमुक्त विवाहको सन्देश समावेश गर्न उपसभामुख ठाकुरको आग्रह
उपसभामुखमा रुबीकुमारी निर्वाचित
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय
उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाको समर्थन गर्ने निर्णय सर्वसम्मत पारित
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
उपसभामुख उम्मेदवार रुबीकुमारी ठाकुरको प्रतिक्रिया : “देशलाई सधैँ साथ दिन्छु”