काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका मन्त्रीहरूको कार्यविभाजन आगामी सोमबार हुने बताएका छन्।
मुख्यमन्त्री कार्कीले आज सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्यालयमा आयोजित भेटघाटमा हाल बिनाविभागीय रहनुभएका मन्त्रीले सोमबारदेखि आफ्नो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुहुने जानकारी दिए ।
उनले भने, “बिनाविभागीय मन्त्रीका रूपमा रहेका सबै मन्त्रीले सोमबारबाट सम्बन्धित मन्त्रालयबाट कार्य सुरु गर्नुहुने छ ।” मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठकले हाल कायम रहेको मन्त्रालयको सङ्ख्या घटाउने निर्णयानुसार अहिले मन्त्रालयको नामलाई अन्तिम रूप दिने काम भइरहेको बताए।
उनले मन्त्रालय घटे पनि पनि चालु आर्थिक वर्षको मन्त्रालयगत बजेटमा कुनै समस्या नहुने विचार व्यक्त गरे। मुख्यमन्त्री कार्कीले सबै मन्त्रालयको जिम्मेवारी लिनुभएको छ भने सात जना मन्त्री बिनाविभागीय छन्। प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हाल १३ मन्त्रालय रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ माघ २०७९, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच भेटवार्ता
मुख्यमन्त्री कार्कीले भने-‘शिक्षकहरूको सेवा-सुविधा र शैक्षिक सवालमा छुट्टाछुट्टै कानून आवश्यक’
मुख्यमन्त्री कार्की र राष्ट्रसङ्घ खाद्य तथा कृषि संगठन नेपालका प्रतिनिधिबिच भेटवार्ता
मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट
मातृभाषासँगै अङ्ग्रेजी सिक्नु जरुरी छ: मुख्यमन्त्री कार्की
विपद् व्यवस्थापन गर्न आर्थिक अभाव : मुख्यमन्त्री कार्की