काठमाडौं । बिहीबार सभामुख चयन भएसँगै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
आगामी प्रतिनिधिसभाको बैठक माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने संसदका ज्येष्ठ नागरिक पशुपतिशम्शेर जबराले जानकारी दिए । साथै, उक्त बैठकमा उपसभामुख चयन गरिने पनि उनले बताए।
बिहीबार सत्ता गठबन्धनका उम्मदेवार नेकपा एमालेका देवराज घिमिरे सभामुमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई हराउँदै उनी सभामुखमा निर्वाचित भएका हुन् ।
घिमिरेको पक्षमा देवराज घिमिरेको पक्षमा १६७, विपक्षमा १०० मत, मत दिन्नँमा १ मत खसेको थियो । संसद्मा २६८ सांसद उपस्थित रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ माघ २०७९, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुख राना चीन भ्रमण सकेर स्वदेश फिर्ता
उपसभामुख राना चीन भ्रमणमा
संसदीय अभ्यासमा सुधारको आवश्यकता छ : उपसभामुख राना
धनुषामा सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु
एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन