एमालेका नेम्वाङले प्रस्ताव गरे घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव

सफल खबर संवाददाता

विहीबार, ०५ माघ २०७९, १२ : १३
एमालेका नेम्वाङले प्रस्ताव गरे घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव

काठमाडौं  । एमाले सांसद सुवासचन्द्र नेम्वाङले पार्टीका सांसद देवराज घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका छन् ।

लामो राजनीतिक इतिहास भएका घिमिरेले प्रतिनिधिसभालाई राम्रोसँग सञ्चालन गर्नसक्ने भन्दै सबैलाई सहयोग गरी निर्वाचित गराउन आग्रह गरेका छन् । नेम्वाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका छन् । घिमिरे सत्तागठबन्धनबाट साझा उम्मेदवार हुन् ।

घिमिरेका समर्थक माओवादीका सांसद हितराज पाण्डेले सम्बोधन गरिरहेका छन् । उनले प्रतिनिधिसभाको सभामुखमा घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्दै नेम्वाङले गरेको प्रस्तावको समर्थन गरे ।

प्रतिक्रिया दिनुहोस