हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु

एजेन्सी

बुधबार, ०४ माघ २०७९, १४ : ५३
हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु

काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ। राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो ।

मृत्यु हुनेमा २ जना बालबालिका छन् । १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ ।दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको छ ।