एजेन्सी । लिभरपुल एफए कपको चौँथो चरणमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा लिभरपुलले अर्को प्रिमियर लिग क्लब वल्भेसलाई १-० ले पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेको हो।
इंग्लिस प्रिमियर लिगमा लगातार खराब प्रदर्शका कारण आलोचित बनिरहेका प्रशिक्षक योर्गेन क्लोपले लिभरपुलको सकरात्मक सुरुवातका लागि ‘वर्षौँ’ प्रतीक्षा गरेजस्तो भएको बताए। तीन दिनअघि मात्र ब्राइटनसँग इंग्लिस प्रिमियर लिगमा पराजित भएपछिको यो लिभरपुलको पहिलो जित हो।
लिभरपुलला संघर्षपूर्ण जित दिलाउन हार्भे इलियट्सले गरेको एकमात्र गोल निर्णयाक बनेको थियो। उनले १३ औँ मिनेटमा गरेको गोलनी लिभरपुलका लागि निर्णायक बन्यो।
मंगलबारनै भएका अन्य खेलमा बर्मिङ्घमले फोरेस्ट ग्रिनलाई २-१ ले पराजित गर्दा ब्रिस्टोल सिटीले स्वान्सीमाथि २-१ कै जित निकाल्यो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिभरपुलको कीर्तिमान: २० औँ पटक प्रिमियर लिगको उपाधि
लिभरपुलसँग लिसेस्टर सिटी पराजित
लिभरपुलले बनायो उपाधि होड थप बलियो
मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित
लिभरपुलको उपाधि सम्भावना अझ बलियो
टोटनहामको पोस्टमा लिभरपुलको ६ गोल