शिक्षा मानव विकासको इतिहास : उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

मंगलबार, ०३ माघ २०७९, १५ : ४८
शिक्षा मानव विकासको इतिहास : उप प्रमुख अधिकारी

चितवन । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले शिक्षा मानव बिकासको इतिहास भएको बताएका छन । पृथ्वीमा मानव सभ्यताको विकास भए सगै शिक्षाको पनि बिकास भएको बताउदै उप प्रमुख अधिकारीले शिक्षा बिनाको मानव जिबन अपुर्ण रहने उल्लेख गरे । 

अन्नपूर्ण मा बि पार्बतिपुरको ६२ औ बार्षिकोत्सब तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले शिक्षा कै कारण बिश्वले बिकासमा कायापलट हुने गरि बिकास गरिरहेको टिप्पणी गरे । उनले शिक्षा बिनाको बिकास सम्भब नभएको पनि बताए। जहाँ शिक्षा हुन्छ त्यहाँ बिकास हुन्छ उप प्रमुख अधिकारीको भनाइ छ । 

आजको २१ औ शताब्दीको बिश्वलाई परिबर्तन गर्न सक्ने अस्त्र भनेकै शिक्षा भएको बताउदै उनले त्यस्तो अस्त्रलाई पाइन हाल्न शिक्षा कै खाचो पर्ने पनि बताए  । कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक बटुकलाल तामाङले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । 

त्यस्तै कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका सदस्य सुमित्रा न्यौपाने,भुतपुर्व प्रध्यानाध्यापक शिव बहादुर गुरुङ,बिद्यालयका भुतपुर्व विद्यार्थी बाबुराम भट्टराई, शिक्षा बिकास तथा समन्वय इकाई भरतपुरका प्रमुख भुमिलाल सुवेदी लगाएतले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस