हवाई सुरक्षामा कडाइ आवश्यक छ : पर्यटनमन्त्री किराती

सफल खबर संवाददाता

मंगलबार, ०३ माघ २०७९, १५ : ०४
हवाई सुरक्षामा कडाइ आवश्यक छ : पर्यटनमन्त्री किराती

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गर्ने बताएका छन् । मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले हवाई यात्रालाई जोखिमबाट मुक्त बनाउन प्रयास गर्ने बताएका हुन् ।

आइतबार पोखरामा भएको जहाज दुर्घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आजै बैठक बस्ने उनले जानकारी दिए ।  मन्त्री किरातीले हवाई क्षेत्र किन असुरक्षित भयो ? यो क्षेत्रमा के कस्ता कमजोरी छन् भन्नेबारे प्राधिकरणसँग जानकारी लिने बताए ।

मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्रीले अहिले देश शोकमा रहेको भन्दै खादामाला नलागाइदिन आग्रह गरे । माला किन्ने पैसा सहयोग पेटिकामा राख्न आग्रह गर्दै उनले आफ्नो तर्फबाट एक महिनाको रकम सहयोग पेटिकमा राख्ने बताए ।

काम गर्ने वातावरण सफा हुनु पर्ने भन्दै उनले सबै पर्यटन मन्त्रालय मातहतका शौचालयहरुलाई मन्त्रीले प्रयोग गर्ने जस्तै सफा राख्न निर्देशन समेत दिए । देशको अर्थतन्त्र जर्जर रहेको भन्दै मन्त्री किरातीले मन्त्रालयका कुनै पनि सामान नफेर्न निर्देशन दिए । मन्त्रालयमा भएका विसङ्गती पूर्णरुपमा हटाउने उनको उद्घोष थियो ।

प्रतिक्रिया दिनुहोस