भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

सफल खबर संवाददाता

सोमबार, ०२ माघ २०७९, १५ : २५
भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट फेरि पेट्रोलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ ।

भारतले १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । उक्त सूचीअनुसार अहिले पेट्रोलको मूल्य बढेर आएको छ ।

नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । पुस २४ गते निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३, ३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।