इंग्लिस प्रिमियर लिग : चेल्सीको संघर्षपूर्ण जित

एजेन्सी

सोमबार, ०२ माघ २०७९, ०६ : १९
इंग्लिस प्रिमियर लिग : चेल्सीको संघर्षपूर्ण जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा जारी सिजन संघर्षपूर्ण प्रदर्शन गरिरहेको चेल्सीले १९ औ खेलमा ८ औ जित निकालेको छ। आइतबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गर्दै लिगमा लिभरपुल समान २८ अङ्क बनाएको छ । 

चेल्सी अङ्क तालिकाको १० औ नम्बरमा रहेको छ। आइतबारनै भएको अर्को खेलमा न्युक्यासलले पनि आफ्नो खेलमा जित निकाल्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लियो।

चेल्सीको घरेलु मैदान स्टामफोर्डब्रिजमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा चेल्सीले गोलविहीन अवस्थाको अन्त गरेको थियो। चेल्सीका लागि काई हाभर्ट्जले निर्णायक गोल गरेका थिए।

उनले ६४ औ मिनेटमा जियाचको पासलाई सदुपयोग गरेका थिए। चेल्सीका लागि उक्त एक गोलनै तीन अङ्कका लागि पर्याप्त बन्यो ।

आइतबार रातिनै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै पुन तेस्रो स्थानमा उक्लियो।

न्युक्यासलले फुलह्यामलाई १-० ले पराजित गर्दै युनाइटेड समान ३८ अङ्क बनाएपनि गोल अन्तरमा अघि रहँदै तेस्रो स्थानमा उक्लिएको हो।