पोखरा । पोखराको सेती नदीको खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको छ । उनीहरूको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए ।
शवहरू अस्पताल ल्याइएसँगै दिवंगत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवंगत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।
दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा. डा. भरतबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ माघ २०७९, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकमा अमेरिकी सैन्य विमान दुर्घटना
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु