राष्ट्रपति भण्डारीले गरिन बराहक्षेत्रको दर्शन

सफल खबर संवाददाता

आइतबार, ०१ माघ २०७९, १४ : २१
राष्ट्रपति भण्डारीले गरिन बराहक्षेत्रको दर्शन

सुनसरी । राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र आएकी छन् । उनी आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा आएकी हुन् । आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको बराहक्षेत्रको दर्शनका लागि बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आइपुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार उनले बराहक्षेत्रको दर्शन गरी मन्दिरको अवलोकन पनि गरेकी थिइन् । यसपछि उनले धरानको विजयपुरस्थित मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यस दिन बराहक्षेत्रमा स्नान गर्दा अनन्तकालसम्म भगवानको धाममा बस्न पाइन्ने बताइन्छ । यस दिन बराहक्षेत्रस्थित कोका कौशिकीमा स्नान गरे विगतमा गरेको गल्तीबाट मुक्ति पाइने जनविश्वास रहेको छ । हरेक वर्षको माघ १ गते यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस