काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने कारागारबाट रिहा भएका छन् । उनको तर्फबाट जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन् ।
पुर्व कप्तान सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी जम्मा गरेका हुन् ।
नावालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गत १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर सन्दीप त्यो आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा गएका थिए। उच्च अदालतका न्यायाधीशद्धय रमेश ढकाल र ध्रुवराज भट्टराईको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै कडा सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा