काठमाडौं । बागमती प्रदेश सभाको सभामुख पदको निर्वाचन सुरु भएको छ । प्रदेश सभाको बैठक आज ११ बजेका लागि बोलाइएको भएपनि सभामुखको निर्वाचन तयारी गर्दा १ घण्टा ढिला बैठक बसेको हो । प्रदेशसभा सचिवालयका अनुसार सभामुख पदको निर्वाचनका लागि प्रदेशसभाको बैठकमा मत विभाजन हुनेछ ।
सत्ता साझेदार दलहरुका तर्फबाट सभामुखका लागि राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सयजुको उम्मेदवारी परेको छ । सभामुखका लागि प्रदेशसभा सचिवालयले बिहीबार बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । राप्रपाका पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राप्रपाका १३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन पाठकलाई छ । बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना र नेपाल मजदुर किसान पार्टीका ३ जना सांसद छन् । प्रदेश सभामा कांग्रेस ठूलो पार्टी भएपनि उ सरकार बाहिरै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
बागमतीमा आइतबार सार्वजनिक बिदा
बागमती प्रदेश सरकारको प्रवक्तामा कृष्णकुमार तामाङ
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त
बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा