काठमाडौं । बागमती प्रदेश सभाको सभामुख पदको निर्वाचन सुरु भएको छ । प्रदेश सभाको बैठक आज ११ बजेका लागि बोलाइएको भएपनि सभामुखको निर्वाचन तयारी गर्दा १ घण्टा ढिला बैठक बसेको हो । प्रदेशसभा सचिवालयका अनुसार सभामुख पदको निर्वाचनका लागि प्रदेशसभाको बैठकमा मत विभाजन हुनेछ ।
सत्ता साझेदार दलहरुका तर्फबाट सभामुखका लागि राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सयजुको उम्मेदवारी परेको छ । सभामुखका लागि प्रदेशसभा सचिवालयले बिहीबार बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । राप्रपाका पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राप्रपाका १३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन पाठकलाई छ । बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना र नेपाल मजदुर किसान पार्टीका ३ जना सांसद छन् । प्रदेश सभामा कांग्रेस ठूलो पार्टी भएपनि उ सरकार बाहिरै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
बागमतीका प्रमुख सचिव बाबुराम अधिकारीको मनपरी: विकास ठप्प पार्दै, प्रश्न उठानेलाई धम्क्याउँदै
बागमती प्रदेशसभा बैठक बस्दै