मोरङ। विराटनगरबाट स्राेत नखुलेकाे रकमसहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको नगद ७ लाख ९ हजार रुपैयाँ, विभिन्न बैंकको एटिएम कार्ड १४ थान, विभिन्न बैंकको चेक ९ थान र को.२४ प ७९८४ नम्बरको मोटरसाइकल सहित सोही महानगरपालिका-१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई उक्त नगद र विभिन्न बैंकका चेक तथा एटिएम कार्डसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, १८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ