चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत हिजो निकुञ्जको नियमित गस्ती टोलीले कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा अन्दाजी ५ वर्षको एकसिगें गैँडा मृत भेटेको हो ।
यसैगरी, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने चम्पा सालघारी क्षेत्रस्थित नारायणी नदीको बगर क्षेत्रमा पाटे बाघ मृत अवस्थामा भेटिएको जानकारी दिए । अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हुनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन राष्ट्रिय निकुञ्जमा असार १७ देखि जिप सफारी स्थगित
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
चितवन राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको आकर्षण बढ्यो, विदेशी आगमनमा कमी
वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवनका दुई हात्ती कतार पठाइँदै