वीरगञ्ज । हुण्डी कारोबार गरेको आरोपमा वीरगञ्ज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज–१७ अलौ बस्ने १९ बर्षिय राजन कुमार साहलाई १२ लाख २० हजार रकमसहित पक्राउ गरेको हो ।
वीरगञ्ज–२५ सिर्सिया स्थित सडक खण्डमा बीआर ०५ ए ई ३५५६ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका साहले लगाएको हेल्मेटभित्रबाट स्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँ बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ