पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध चरेशसहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाँउपालिका वडा नम्बर १२ घर भएका वर्ष ३५ का विरेन शाही रहेका छन् ।
यहि पुस २२ गते साँझ ६:३० बजे पोखराको पृथ्वीचोकबाट उनी पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शंका लागेर उनको खानतलासी गर्दा चरेश बरामद भएको प्रहरीले जनाएको छ ।
उनको साथमा रहको झोलाबाट लागूऔषध चरेश ३ केजी ३०० ग्राम र मोवाईल थान एक थान बरामद भएको बताइन्छ ।पक्राउ परेका शाहीलाई कास्की जिल्ला अदालतबाट सात दिन म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ