सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–१ डुमरी शिवथान टोल बस्ने ३० वर्षीय मनोज साह, सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष भन्ने श्रीराम यादव र २५ वर्षीय दिपेन यादव रहेका छन् ।
उनीहरुको साथबाट साइकल १ थान, बोरिङको सकेट ३ थान, कल २ थान, तारसहितको कृषि मिटर १ थान र पानी तान्ने प्लाष्टिकको पाइप १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
पक्राउ परेका तीनै जनालाई चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता सिंहले बताए । उनीहरुले पुस २० मा राजविराज नगरपालिका–१ डुमरी शिवथान बस्ने राजकुमार साह, सोही ठाउँका रामकुमार यादव, परशुराम यादव, राजकुमार शर्मा, दुखीलाल यादव र महेशप्रसाद साहको खेतमा रहेको कृषि मिटर, बोरिङको सकेट, पाइप, कल तथा राजकुमार साहको घरबाट साइकल समेत चोरी गरेको प्रहरीको भनाई रहेको छ । पछिल्लो केही दिन यता जिल्लामा चोरीका घटना बढेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ