मेगा बैंकको कार्यवाहक प्रमुखमा ढकाल नियुक्त

सफल खबर संवाददाता

सोमबार, २५ पुस २०७९, १२ : ४२
मेगा बैंकको कार्यवाहक प्रमुखमा ढकाल नियुक्त

काठमाडौँ । मेगा बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ढकाललाई कार्यवाहक प्रमुखमा नियुक्त गरेको हो । ढकाललाई पुस २५ गते सोमबारबाट लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक प्रमुखका रुपमा जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।

यसअघि उनी ग्लोबल आईएमई बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । उनले ढकालले बैंकिङ क्षेत्रमा अढाई दशक बिताईसकेका छन् । नेपाल बैंकबाट बैंकिङ करिअर शुरु गरेका उनले कमर्स एण्ड ट्रष्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंकमा पनि काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस