धनगढी । भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउ नजिकै दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार पुस २३ गते राति दुर्घटना हुँदा भारतीय बस चालकसहित ४ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा टीकापुर नगरपालिका ज्योतिनगरका ४० वर्षीय ललित साउद र व्यवसाय क्षेत्र बस्ने ४५ वर्षीय चन्द्र साउद रहेको र १ जना महिलाको सनाखत हुन नसकेको प्रशासनले जनाएको छ । मृतकका आफन्त भारततर्फ हिडिसकेको जनाइएको छ ।
६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन् । जसमध्ये ३ जना गम्भीर छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरु भारतका विभिन्न शहरबाट घर फर्किरहेका थिए ।
बसलाई दुईतर्फबाट अन्य दुईवटा बसले ठक्कर दिएको बताइएको छ । भारतको गुजरात, सुरतलगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते