काठमाडौं । पाल्पामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ ।
आइतबार राति कालीगण्डकी कोरिडोर अन्तर्गत पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेपछि घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन
सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते