साझाको विद्युतीय बस चढेर पाटनढोका पुगिन् राष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

शुक्रबार, २२ पुस २०७९, २३ : ०३
साझाको विद्युतीय बस चढेर पाटनढोका पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका पुगेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार दिउँसो शीतल निवासदेखि विद्युतीय बसमा पाटनढोकासम्म यात्रा गरेकी हुन् ।

हाकुपटासी लगाएर पाटन पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरे । उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन् ।राष्ट्रपति विद्यादेवी भण्डारी ललिलपुरस्थित मदन पुस्तकालयलगायत स्थानकाे अवलाेकनका लागि शनिबार साझा यातायातको विद्युतीय बस चढेर प्रस्थान गर्नुहुँदै । पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन् । पिम्बहाः मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी थिइन् । काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्केकी छन् ।

प्रतिक्रिया दिनुहोस