काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नेतृत्वको नयाँ सरकार गठन भएकोमा छिमेकी देश भारत सन्तुष्ट नभएकोतर्फ इंकित गर्दै टिप्पणी गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित कार्यक्रममा उनले अहिले पनि यो सरकार फेरफार गर्नुपर्छ, यसरी सरकार बनाउन कहाँ पाइन्छ भनेर सरकार ढाल्न लागिरहेको आरोप लगाए ।
उनले छिमेकीहरूबाट यस्तो क्रियाकलापको अपेक्षा नगरेको र नगर्ने पनि बताए । उनले भने, ‘हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउछौं तपाईहरूले सहयोग गर्नसक्नु हुन्छ गर्नुहोस् तर आन्तरिक मामिलामा हात हाल्ने आट नगर्नुहोस् ।’
उनले नयाँ सरकार गठनपछि पत्रपत्रिका हेरिसक्नु नभएको, कुटनीतिक चलखेल बुझनसक्नुको भएको पनि बताए । यसप्रकारका गतिविधि बन्द गर्न र मित्रको हिसाबले चल्न उनले आग्रह गरे ।
छिमेकीहरूलाई यहाँ बनेको सरकारसँग मिलेर काम गर्न आग्रह गर्दछौं । पारस्परिक सम्बन्ध राखेर अघि बढ्दौं । आत्तिनु पर्ने अवस्था केही पनि छैन । तर ढोकाबाट होइन पर्खालमाथिबाट पसेर हस्तक्षेप बन्द गर्न उनले आग्रह गरे ।a
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, २२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?
जाँचबुझ आयोगलाई थर्काउँदै ओली, बयान मात्रै लिन खोजिए पनि प्रतिवाद
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
जेनजी आन्दोलनबारे ओलीको ब्याख्यामा पार्टीभित्रै सशक्त प्रतिवाद
मलाई पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली