सुर्खेत । मध्यपहाडी लोकमार्गको रुकुम पश्चिम खण्डको ठाउँ ठाउँमा समेत भासिएको छ । कमजोर निर्माण सामग्री प्रयोग भएका कारण भासिएको स्थानीयबासीको भनाइ छ ।
रुकुमपश्चिम खण्डको मुसीकोट नगरपालिकाका वडा नं ६ को दवाङ, वडा नं ७ को सागिने र रोटीलगायतका स्थानमा सडक भासिएको वडा नं ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिए । सडक भासिँदै जाँदा सवारी दुर्घटनाको जोखिम बढेको र हरेक वर्ष सडक भासिँदै गएको उनले बताए । सडक भासिनुका कारण र दीर्घकालीन समाधानका उपायबारे बेलैमा सोच्न जरुरी रहेको उनको भनाइ छ ।
हरेक वर्ष एक दुई मिटर गहिरो भएर सडक भासिने स्थानीय बताउँछन् । उक्त क्षेत्रमा रहेको पानीको मुहानको दीर्घकालीन प्रभाव जाँच गरेर हाल सञ्चालन भइरहेको भन्दा भित्री भूभागबाट सडक खोलिएमा दिगो हुने उनीहरूको भनाइ छ।
सवारी चालक राम विकले भासिएको सडकखण्डमा गाडी पार गराउन मुस्किल हुनुका साथै भासिएको भूभागमा गाडी वारपार गराउँदा दुर्घटनाको जोखिम बढेको बताए । मोटरसाइकल, जिप, हाइस र अन्य साना गाडी उक्त स्थानमा ठोक्किने गरेका छन्। अत्यन्त सावधानीपूर्वक उक्त ठाउँमा गाडी आवतजावत गराउनुपरेको चालक विकले बताए । भासिएको सडकखण्ड समयमै सुधार तथा मर्मत हुनुपर्ने उनको माग छ।
मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख युवराज पोखरेलले रुकुमपश्चिमको सडकखण्डमा कामको जिम्मा पाएको निर्माण कम्पनीलाई तत्कालका लागि गिट्टी हालेर भए पनि सडक मर्मत गर्न निर्देशन दिएको बताए । भासिएको सडकखण्डको भू(भागमुनि पानीको मुहान रहेको विषयमा स्थलगत अध्ययन गरेर निष्कर्ष निकालिने कार्यालय प्रमुख पोखरेलले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ पुस २०७९, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रिडी–तम्घास सडक पहिराेले अवरुद्ध
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन
अविरल वर्षाले रसुवागढी सडक अवरुद्ध
बाढी पहिरोका कारण चार स्थानमा सडक पूर्णरुपमा अवरुद्ध
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी