काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले पुस २७ गते पृथ्वी जयन्ती बिदा दिन माग गरेका छन् ।
सामाजिक संजालमा आफ्नो प्रस्ताव राख्दै बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र नफर्कने भन्दै बिदाको माग गरेका हुन् ।
उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय विदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ। यहाँ उस्तै परे फेवररी १४ (भ्यालेन्टाइन डे) मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ।उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होईन।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ पुस २०७९, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु : गोकुल बास्कोटा
एमाले महाधिवेशन प्रतिनिधि छनौटमा गलत संस्कार देखियो: गोकुल बास्कोटा
प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक: गोकुल बास्कोटा
एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा
'परिस्थिति अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था छैन' : गोकुल बाँस्कोटा
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा