काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा रहेको बताएका छन् । तर विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने बताएका छन् ।
१० पुसमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ ।एकीकृत समाजवादीले केही निर्णय गरेको छैन । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, विश्वासको मतबारे जम्मै पक्षको विश्लेषण गर्छौं । व्यक्तिगत रुपमा प्रचण्डजीप्रति सकारात्मक धारणा छ । सरकार कुन ढंगले अगाडि बढ्छ, यो हेरीकन टुंगो गर्छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड