काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन।
आज शुक्रबार मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन । उनले वर्तमान सरकार महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको बताए। उनले सरकारले विश्वासको मत लिएर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल लाग्नुभएको जानकारी दिए ।
उनले भने ,‘वर्तमान सरकार केही महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौं । सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ । यहि पुस २६ गते सरकारले संसदसमक्ष संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । विश्वासको मत लिएसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउनेछ । मन्त्रिपरिषदले पूर्णता पाएसँगै मन्त्रिपरिषद राष्ट्रिय अभिभारामा केन्द्रित भएर जनता र राष्ट्रका समस्यमा केन्द्रित भएर गतिशित रुपमा अगाडि बढ्नेछ ।’
उहाँले मन्त्रिपरिषदले पूर्णता पाएसँगै सरकार जनता र राष्ट्रका समस्यमा समाधान गर्ने गरी गतिशिल रूपमा अगाडि बढ्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु हो : अर्थमन्त्री पौडेल
‘सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्याउनुपर्छ’ : अर्थमन्त्री पौडेल
‘लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छ’: अर्थमन्त्री पौडेल
‘मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य’: अर्थमन्त्री पौडेल
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार कुनै कसर बाँकी राख्दैन’ : अर्थमन्त्री पौडेल
अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भिर छः अर्थमन्त्री पौडेल