सर्लाही । ब्रहम्पुरी गाउँपालिका-३ भेल्ही चोकस्थित सोही गाउँपालिका-२ बस्ने रामचन्द्र साह सोनारको सुनचाँदी पसलबाट चाँदीका विभिन्न ९ थान गरगहना चोरी गरेको अभियोगमा चन्द्रनगर गाउँपालिका-२ बस्ने १९ वर्षीय राजबाबु चन्द्रवंशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रवंशीले चाँदीका गरगहना चोरी गरी भाग्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट बिआर ३० बि ८०१० नम्बरको मोटरसाइकल तथा सोही मोटरसाइकलको ट्याङकी मुनी लुकाई राखेको नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ