दाङ। दाङमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका-४ सुनपुरका १९ वर्षीय बिक्रमभण्डारी, गढवा-६ का २८ वर्षीय मनोजकुमार यादव र २१ वर्षीय विशाल परियारलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
प्रहरीले तीन जनामध्ये भण्डारीलाई घोराही-१८ फुटबल ग्राउण्ड नजिकबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो । यादव र परियारलाई लमही-४ अर्नवाबाट पक्राउ गरेको हो ।
प्रहरीले भण्डारीको साथबाट प्लाष्टिकसहित १ दशमलव १ ग्राम ब्राउनसुगर बरामद गरेको छ भने यादव र परियारको साथबाट ५ दशमलव ३२ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको छ ।
पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ पुस २०७९, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ