जनकपुर । पारिवारिक विवादमा सुटर प्रयोग गरी बुवाको हत्या गरेको आरोपमा छोरा र ज्वाइँसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर रञ्जित यादव छन्।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ४० वर्षीय धनुषधारी दासको पुस ९ गते बेलुका साढे ७ बजे गोली प्रहारबाट ज्यान गएको थियो। उक्त घटनामा संलग्न आरोपितलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
धनुषधारीले दोस्रो विवाह गरी छोरी पाएपछि सम्पत्ति बाँडिने भएपछि जेठी श्रीमतीपट्टिका छोरा र ज्वाइँले ५ लाख भारतीय रुपैयाँमा हत्या गराउने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। अभियुक्त उदय नेपाल प्रहरीका सहायक हवल्दार हुन्। उनी मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा सवारी चालक हुन्।
उनीहरूले एक महिनादेखि योजना बनाएको खुलेको छ। घटनामा संलग्न अनुसन्धान अधिकृतले भने, ‘जेठी र कान्छी श्रीमतीबीचको विवादमा कुटाकुट भएपछि जेठी श्रीमतीलाई छोडेर कान्छी श्रीमतीसँग धनुषधारी बस्ने गरेको र जेठीलाई खान बस्न पनि नदिएपछि रिसरागमा आएर हत्या योजना बुनिएको रहेछ। कान्छी श्रीमतीको छोरी भएपछि सम्पत्तिमा अंश लाग्ने र सम्पत्ति बाँडफाँट हुने भएपछिको रिसले हत्याको जालो बुनिएको अनुसन्धानबाट खुलेको हो।’
प्रहरीको अनुसन्धानबाट धनुषधारीको पसल अगाडि दमकल बनाइरहेको अवस्थामा मोटरसाइकलबाट ओर्लिएर दासलाई दमकल बिग्रिएर बनाउनुछ भनी कुराकानीको क्रममा सुर्ती मागेर खाएको र कटुवा पेस्तोल निकालेर फायर गरेको खुलेको छ। गोली काण्डभन्दा अगाडि सुटरले एक महिनादेखि जनकपुरधामको मुरली चोकमा डेरा लिएर बस्दै आएको र योजना बनाएको खुलेको हो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २१ पुस २०७९, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या