काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालीबच भेटवार्ता भएको छ । बुधबार दुईबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डले भेटमा अध्यक्ष नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । आगामी पुस २६ गते विश्वासको मत लिन लागेका प्रचण्डले जसरी हुन्छ नेपाललाई आफू नेतृत्वको सरकारमा सहभागी गराउन पहल गरिरहेका छन् ।
मुख्यतः पुस २७ गते विश्वासको मत लिन र सरकारमा सहभागी हुनका लागि प्रचण्डले माधव नेपालसँग भेटवार्ता गरेको बुझिएको छ । तर,सिंहदरबार जानुअघि बुधबार पार्टीनिकट युवासंघ नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष नेपालले आफूले प्रचण्डको मुख हेरेर मात्रै नहुने भन्दै समर्थन गर्ने नगर्ने बारे २६ गते नै निर्णय लिने भनेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० पुस २०७९, १४ : ५१
लेखकबाट थप