अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर एक वद्धाको मृत्यु भएको छ ।
कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई लडेकी थिइन् । लडेकी भट्टराईलाई सोही बसको पछाडीको चक्काले किचेको थियो ।
कपिलवस्तुको पिपरा स्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा मंगलबार राति उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० पुस २०७९, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु