समानुपातिकतर्फ प्रदेश ३ मा एमाले पहिलो, विवेकशील साझा पार्टी चौथो

आइतबार, ०२ पुस २०७४, १४ : ३३
समानुपातिकतर्फ प्रदेश ३ मा एमाले पहिलो,  विवेकशील साझा पार्टी चौथो

चितवन । आयोगले अद्यावधिक गरेको पछिल्लो जानकारीअनुसार ३ नम्बर प्रदेशमा एमालेले ६ लाख ७७ हजार ३१७ मत प्राप्त गरेको छ । त्यस्तै, कांग्रेसले ५ लाख ५९ हजार २४९ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ३ लाख १६ हजार ८७६ मत र विवेकशील साझाले १ लाख २४ हजार ४४२ मत हासिल गरेका छन् ।

प्रत्यक्षतर्फ एक स्थान पनि जित्न नसकेको विवेकशील साझा पार्टी समानुपातिकतर्फ ३ नम्बर प्रदेशमा भने चौथो भएको छ । प्रदेशसभाको १.५ प्रतिशत थ्रेसहोल्ड कटाएकाले विवेकशील साझाले ३ नम्बर प्रदेशमा सिट पाउने निश्चित भएको छ ।

समानुपातिकतर्फ मत गणना सकिए पनि सिट बाँडफाँड गर्न अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस