लिभरपुललाई ब्रेन्टफोर्डको धक्का

एजेन्सी

मंगलबार, १९ पुस २०७९, १० : ०२
लिभरपुललाई ब्रेन्टफोर्डको धक्का

एजेन्सी । शीर्ष चारको नजिक पुग्ने लिभरपुलको प्रयासमा ब्रेन्टफोर्डले ठुलो धक्का दिएको छ । सोमबार राति भएको खेलमा लिभरपुल १–३ गोलले पराजित भएको हो ।

खेलको १९ औँ मिनेटमा इब्राहिमा कोनाटेको आत्मघाती गोलसँगै पछि परेको थियो । पहिलो हाफको अन्त्यतिर योएन विसाले ब्रेन्टफोर्डको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा एलेक्स ओक्सालेड च्याम्बर्लिनले लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे पनि ब्रयान एमब्युमोले गोल गर्दै ब्रेन्टफोर्डको जीत सुनिश्चित गरे ।

पराजयसँगै लिभरपुल लिगको छैटौँ स्थानमा स्थानमा सीमित भएको छ । १७ खेलपछि लिभरपुलको २८ अंक रहेको छ भने एक खेल बढी खेलेको ब्रेन्टफोर्ड २६ अंकसहित लिगको सातौँ स्थानमा छ । लिभरपुलले यो सिजन २३ अंक गुमाइसकेको छ । गत सिजनभर टोलीले गुमाएको अंकभन्दा एक बढी हो ।

प्रतिक्रिया दिनुहोस