भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

सफल खबर संवाददाता

आइतबार, १७ पुस २०७९, १९ : ५४
भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ । आइतबार भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य सूची पठाएको हो ।

आइतबार आईओसीले पठाएको नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५४ पैसाले वृद्धि भएको छ । यस्तै, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा वृद्धि भएर आएको छ ।

युक्रेनमा रुसको आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ । यद्यपि, निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने, नगर्नेबारे निर्णय गरेको छैन ।