इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग एभर्टनको बराबरी

सफल खबर संवाददाता

आइतबार, १७ पुस २०७९, ०८ : ०८
इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग एभर्टनको बराबरी

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग एभर्टनले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा एभर्टनसँग १–१ गोलको बराबरी भएपछि सिटी अंक बाबाँड्न  भएको हो । 

यससँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो । १६ खेलबाट ३६ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । एभर्टन १७ खेलबाट १५ अंक जोड्दै १६औं स्थानमा रह्यो ।  

घरेलु इतिहाद मैदानमा सिटीले एर्लिन हाल्यान्डको गोलमा २४औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा एक गोल बेहोरेको एभर्टन डेमाराइ ग्रेको गोलमा खेलमा फर्कियो । त्यसपछि कुनै गोल नभएपछि खेल बराबरीमा टुंगियो ।

प्रतिक्रिया दिनुहोस