मानवीय सेवा नै रेड्क्रसको मुख्य उद्धेश्य : उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

शनिबार, १६ पुस २०७९, १६ : ११
मानवीय सेवा नै रेड्क्रसको मुख्य उद्धेश्य : उप प्रमुख अधिकारी

भरतपुर । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले मानवीय सेवा नै रेड्क्रसको मुख्य उद्धेश्य रहेको बताएका छन । उप प्रमुख अधिकारीले अरुको  हितकारी कार्य गर्ने रेड्क्रस जस्तो पबित्र सस्थामा धैर्यता तथा समर्पणको खाचो रहेको टिप्पणी समेत गरे । 

नेपाल रेडक्रस सोसाइटी भरतपुर उप शाखाको २५ औ साधारणसभा तथा ७ औ अधिबेशनलाई आज शनिबार भरतपुरमा सम्बोधन गर्दै उप प्रमुखले रेड्क्रसको महत्त्व नेपालमा मात्रै नभएर बिश्व भरी नै रहेको प्रष्ट पारे । रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ नेपाल रेडक्रस सोसाईटीले समय समयमा रक्तदान जस्ता मानवीय कार्यहरु गरिरहनु पर्नेमा जोड दिए। 

कार्यक्रममा सस्थाका सचिब बिद्या कोइरालाले आर्थिक बर्ष ०७८/०७९ को प्रगति प्रतिबेदन तथा आर्थिक बर्ष  ०७९/०८० को प्रस्तावित निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने संस्थाका सह कोषाध्यक्ष शोभाखर अधिकारीले आर्थिक बर्ष  ०७८/०७९ बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

यसै  बिच भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाले शिबघाट र देबघाट क्षेत्रलाइ धार्मिक क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य लिएको बताए । सस्कृती र परम्पराको सरक्षण गर्नु हामी सबैको समान दायित्व रहेको उल्लेख गर्दै उप प्रमुख अधिकारीले भरतपुर महानगरपालिका भित्र रहेका धार्मिक क्षेत्रहरुको पहिचान गरि त्यसको सरक्षणमा लाग्न सबैलाई आग्रह समेत गरे । 

भरतपुर ४ शिबघाटमा रहेको मुकुन्देश्वर महादेव मन्दिर ब्यबस्थापन समितिको छैठौ अधिबेशनलाई शनिबार सम्बोधन गर्नु हुँदै उहाँले बिकास र पुर्बाधार सग सगै शिक्षामा पनि व्यापक लगानी गर्ने तयारीमा महानगर जुटिरहेको प्रष्ट पारे ।
 

प्रतिक्रिया दिनुहोस