काठमाडौं । सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। हरिपुर र ईश्वरपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
शुक्रबार दिउँसो हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर मंलगवा सडकखण्डमा प्रदेश २–०३–००१ च २३९६ नम्बरको बोलेरोले ठक्कर दिँदा साइकलमा सवार हरिपुर – २ का ३५ वर्षीय चक्रेश्वर चौधरी गम्भीर घाइते भएका थिए। उपचारका लागि वीरगन्ज लैजाने क्रममा चौधरीको आज ९शनिबार० बिहान बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई सुरुमा उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। मलंगवामा उपचार हुन नसकेपछि गएराति उनलाई थप उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनापछि फरार भएका बोलेरो चालकलाई प्रहरीले गएराति लालबन्दी ( १७ रानीगन्जबाट पक्राउ गरेको छ।
त्यसैगरी ईश्वरपुर नगरपालिका – १२ स्थित पूर्वपश्चिम राजमार्गमा ना १ ब २५५६ नम्बरको सरकारी मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार एक युवकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक धनुषाको धनुषाधाम नगरपालिका – ३ घर भएका ३० वर्षीय रोशन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी लालबन्दी नगरपालिकामा कार्यरत सबइन्जिनियर हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा आज बिहान मलंगवास्थित प्रादेशिक अस्पताल मृत्यु भएको हो। चौधरी र यादव दुवैको शव पोस्टमार्टमका लागि हाल प्रादेशिक अस्पताल मलंगवामा राखिएको डीएसपी यादवले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ पुस २०७९, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते