काठमाडौ । एमाले तथा तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले किसानले मल नपाएर सास्ती बेहोरिरहेको बारे सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।
किसानले मल नपाएको दुई वर्ष भइसक्दा नयाँ सरकार भने विदेशबाट मोबाइल सेट ल्याउनेतर्फ अल्झिएको भन्दै उनले कटाक्ष गरेका छन् । ‘किसानले मलमा सास्ती ब्यहोरेको दुई वर्ष भैसक्यो। तर नयाँ सरकारको पछ्यौरी मोबाईल सेटमा अल्झे जस्तो छ’, उनले कटाक्ष गरेका छन् ।
एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने भन्दै बाँस्कोताले कति ल्याउने नल्याउने कोटा तोक्ने व्यवस्था नगरेको बताएका छन् । उनले भनेका छन् , ‘एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने हो कति ल्याउने नल्याउने कोटा तोक्ने ब्यबस्था गरेको छैन।त्यो सरकारको कुरा हो।मल चाहियो मल किसानलाई,त्यो सरल ढंगले पाउने प्रबन्ध गर पहिला।’ प्रधानमन्त्री पुपष्कमल दाहाल प्रचण्डले शुक्रबार एमडीएमएस तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ पुस २०७९, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा
तत्काल पार्टी फोरम आयोजना गर, हाइज्याक प्रयास नगर: गोकुल बास्कोटा
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गोकुल बाँस्कोटाको आपत्ति
लिपुलेक प्रकरणमा नेपालले प्रष्ट अडान राखेको छ : गोकुल बास्कोटा
संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? भन्दै संसदमा गोकुल बाँस्कोटाले उठाए प्रश्न
राजसंस्था फर्काउने कुरा आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै हो : गोकुल बास्कोटा