काठमाडौं । जुवातास खेलिरहेकाे अवस्थामा नाैजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ मित्रनगर डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१८ घर भएका ६६ वर्षीय होमनाथ ढकालको कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकालसमेत ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार रुपैयाँ र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ पुस २०७९, ०१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ