विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको कमजोरी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आसक्तिका कारण गठबन्धन टुटेको बताएका छन् ।
बिहीबार बिहान विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।‘नेपाली कांग्रेसभित्रको केही कमीकमजोरी हो, सँगसँगै प्रचण्डजीको आसक्ति पनि हो’ उनले भने,‘ गठबन्धनलाई लामोसम्म लैजान हामीले सोचेका थियौं तर त्यो हुनसकेन, दुर्भाग्य भयो ।’
उनले प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गर्नुपर्ने बताए । ‘देशलाई आर्थिक सामाजिक र राजनीतिक हिसाबले स्थिरता देओस्’ डा. शेखरले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला
शेखर कोइराला होइन्, देउवा नै चाहन्थे सत्ता समिकरण फेर्न
'कुलिङ अफ पिरियड’ नराख्न संशोधन हालेर एमालेबाट धोका भएको भन्दै शेखरले जनाए आपत्ति
विद्या भण्डारीलाई भेट्न भंगाल पुगे शेखर कोइराला, के भयो छलफल ?
प्रधानमन्त्रीलाई कटाक्ष गर्दै शेखर कोइरालाले किन यस्तो भने- यस्तै रहेछ यहाँको चलन ?
शेखर कोइराला पक्षको भेला विशालनगरमा सुरु