काठमाडौं । कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपीएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन भाेटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आराेपमा चारजना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधरसहित चारजनालाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । पुरुष राष्ट्रिय क्रिकेट खेलअन्तर्गत विराटनगर सुपर किंग र पोखरा एभेन्जर्स वीच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार-जितको लागि अनलाइन भाेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ